पाख्रिबास कृषि अनुसन्धान केन्द्रका बैज्ञानिक डा. पौडेलको निधन
धनकुटा । धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रमा कृषि बैज्ञानिकको रुपमा कार्यरत डा.कृष्ण पौडेलको निधन भएको छ ।
पाख्रिबास नगरपालिकाको वडा ३ स्थित चेतना मार्गमा मूल घर भइ कार्यरत ४२ बर्षिया पौडेलको निमोनिया संक्रमणबाट हिजो मंगलवार निधन भएको नपा वडा ३ का वडा अध्यक्ष सरोज राईले जानकारी दिए ।
केही समय अघि डेंगु संक्रमण समेत भएका पौडेललाई ज्वरो आएपछि थप उपचारका लागि विराटनगर स्थित विराट नर्सिंग होममा पुर्याइएको थियो जहां उपचारको क्रममा निधन भयो ।
स्व पौडेलको श्रीमति र १ छोरा रहेका छन् ।


