सहिदभूमिमा आज सहिद दिवसको अवसरमा सार्वजनिक बिदा

धनकुटा । सहिदभूमि गाउँपालिकाले आज सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। सहिद दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँ कार्यपालिकाको कात्तिक १३ गते कार्यपालिकाकाे बैठकले गरेको निर्णय अनुसार छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त सहिदहरुको सम्मान र सम्झनामा मनाइने सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले मंगलबार सूचना जारी गर्दै सार्वजनिक विदा दिएको जनाएको छन्। गाउँपालिकाले हरेक वर्ष सहिद दिवसमा सार्वजनिक विदा दिँदै आएको छ।

२०३६ साल कात्तिक अन्तिम साता छिन्ताङमा तत्कालीन सरकारले कम्युनिष्ट कार्यकर्ता रहेको भन्दै मच्चाएको हत्याकाण्डमा १६ जनाको हत्या भएको थियो। सरकारले ती १६ जनालाई हत्या भएको ३८ वर्षपछि २०७४ पुस २८ मा राष्ट्रिय सहिद घोषणा गरेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।