धनकुटामा आज एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी हुंदै
धनकुटा,४ मंसिर । धनकुटामा आज एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने भएको छ ।
एभोकाडो सहितका स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि गर्न लागिएको यो प्रदर्शनी नगरपालिका कार्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ ।
प्रदर्शनीमा उद्यमशीलता विकास सम्बन्धी परामर्श पनि दिइनेछ । स्थानीय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ ।
प्रदर्शनीका लागि धनकुटा नगरपालिकाले स्टल निःशुल्क उपलब्ध गराउने भएको छ ।


