धनकुटामा बहुविवाह सम्बन्धि कसुरमा फरार प्रतिवादी पक्राउ

धनकुटा । बहुविवाह सम्बन्धि कसुरमा धनकुटा जिल्ला अदालतबाट कैद सजायको फैसला भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ७ का वर्ष ४० का -दिपक_ भन्ने नगेन्द्र दर्जीलाई जिल्ला प्रहरी कार्यलय धनकुटाबाट प्रहरी हवल्दार महेन्द्र खरेलको नेतृत्वमा खटिएको टोलिले पक्राउ गरेको हो । उनलाई गोप्य सूचनाको आधारमा मंगलवार सुनसरीको धरान उपमहानगरपालिका १५ बाझगराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

प्रहरीका अनुसार दर्जीलाई २०७५-०२-२१ गते जिल्ला अदालत धनकुटाले ११ महिना ४ दिनको कैद फैसला गरेको थियो । पक्राउ परेका दर्जीलाई जिल्ला अदालत धनकुटामा दाखिला गराईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖