चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा  ऋण सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा सोमबार पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको सामूहिक छलफलको क्रममा ओलीले उक्त प्रतिबद्धता जनाएका हुन्। 

सत्ताको मुख्य सहयोगी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित रहेको उक्त बैठकमा ओलीले यस्तो धारणा राखेका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताए। 

‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिनँ भन्नेजस्तो कुरा गर्नुभयो,’ खनालले भने। 

खनालका अनुसार यसपटक चीनसँग ऋण सम्झौता नगरे पनि भावी दिनमा पनि कहिल्यै ऋण नै लिनु हुँदैन भन्ने नीति बनाउन लागेको हुन सक्ने भन्दै असहमति जनाएर फर्केको जानकारी दिए।

चीनसँग बिआरआई अनुदानमा स्वीकार्ने सत्तारुढ कांग्रेसको धारणा छ भने एमालेले ऋणमा भए पनि लिनुपर्ने बताइरहेको थियो। सत्ताघटक कांग्रेसले असहमति जनाएपछि बिआरआई ऋणमा सम्झौता नगर्ने पक्षमा एमाले उभिएको छ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।