धनकुटामा १८ हजार ६ सय गाँजाको बोट फडानी गरि नष्ट

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटा मातहत कार्यालयका प्रहरी टोलिले प्राकृतिक रुपमा डाँडापाखामा उम्रेको र अवैध रुपमा लगाईएका गाँजाको करिब १८ हजार ६ सय गाँजाको बोट आज फडानी गरी नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यलय छिन्ताङ धनकुटाबाट प्रसनि जस बहादुर राईको नेतृत्वमा खटीएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका वडा नँ ३ को विभिन्न स्थानमा १० रोपनी क्षेत्रफलमा लगाईएका ७ हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको छ भने प्रहरी चौकी आखिसल्ला धनकुटाबाट प्रबनानि गजेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले शहिदभूमी गाउँपालिका वडा नं ७ को विभिन्न ठाँउका ६ रोपनी क्षेत्रफल मा लगाईएका अन्दाजी ११ सय गाँजाको बोट फडेको छ ।

त्यस्ते प्रहरी चौकी त्रिवेणी धनकुटाबाट प्रसनि राजेन्द्र राईको नेतृत्वमामा खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका वडा नं १ को विभिन्न ठाँउका १४ रोपनी क्षेत्रफलमा लगाईएका ६ सय गाँजाको बोट फडानी गरी नाष्ट गरेको छ ।

उता इलाका प्रहरी कार्यलय भेडेटार धनकुटाबाट प्रनानि रमेश प्रधानको नेतृत्वमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका ७ को विभिन्न स्थानमा ५ रोपनी क्षेत्रफलमा लगाईएका ४ हजार ५ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।