धनकुटा औद्योगिक ग्रामको खानेपानी र विद्युत समस्या समाधानवारे अन्तरक्रिया

धनकुटा ।धनकुटा औद्योगिक ग्रामको खानेपानी र विद्युत समस्या समाधानवारे सरोकारवाला निकायका प्रमुख, प्रतिनीधि र उद्यमी वीच अन्तरक्रिया गरिएको छ । औद्योगिक ग्रामको आयोजनामा आईतवार भएको अन्तरक्रियामा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधिहरुले औद्योगिक ग्राममा खानेपानी र विद्युतको समस्या समाधान गर्ने वताएका छन ।

औद्योगिक ग्राममा खानेपानीको समस्या र थ्रिफेज लाईन विस्तार नहँदा उद्योग संचालनमा आउन नसकीरहेको अवस्थामा सरोकारवाला निकायका प्रमुख, प्रतिनीधि र उद्यमी वीच अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा उल्लेखित समस्याहरु दुई महिना भित्र समाधान गरिने सराकारवाला निकायका प्रमुखहरुले वताए ।

अन्तरत्रियामा प्रदेश सभाका सदस्य निरन राईले प्रदेश सरकारको ठूलो लागनी भएको गौरवको रुपमा रहेको धनकुटा औद्योगिक ग्राममा अत्यावाश्यक विद्युत पानीको तत्काल व्यवस्था गरी उद्योग संचालन गर्नका लागी प्रदेश सरकार लगायत सवैको सहयोग आवाश्यक भएको वताउनु भयो । भने जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले धनकुटा औद्योगिक ग्राममा उद्योगहरु संचालन गर्न सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरी पूर्वी पहाडी जिल्लाकै नमुनाको रुपमा संचालन गर्नु पर्ने वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटाका साना तथा मझौला उद्योगहरु औद्योगिक ग्राममा स्थापना गर्ने वातागरण बनाउनु पर्नेमा जोड दिनु भयो । धनकुटा औद्योगिक ग्राम संचालन समितिका अध्यक्ष तिलक वहादुर महतले धनकुटा औद्योगिक ग्राम भित्र ट्रास्फमर सहित थ्रिफेस लाईन दुई महिना भित्र विस्तार गर्ने र खानेपानीको समस्या समाधान गर्न सवैसंग मिलेर पहल गर्ने वताउनु भयो । धनकुटा उद्योगिक ग्राम संचालन समितिका सदस्य सचिव तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका कार्यालय प्रमुख माधव वास्कोटाले धनकुटा औद्योगिक ग्राममा स्थापना भएका उद्योगहरु संचालन गर्ने वातावरण बनाउने र नया उद्योगहरु स्थापना गर्न पहल गर्ने र उद्योगबाट उत्पादिन समाग्रीहरु र वस्तुहरुको बजार प्रवद्धन गर्न समेत पहल गर्ने वताउनु भयो ।

धनकुटा उद्योगिकग्राम संचालन समितिका अध्यक्ष महतको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा धनकुटा औद्योगिक ग्राममा स्थापना भएका उद्योगका संचालक उद्यमीहरुले खानेपानी र विद्युतको समस्याका कारण उद्योग स्थापना गरेर पनी संचालन गर्न नसक्दा लगानी डुब्दै गएकाले तत्काल खानेपानी र विद्युतको समस्या समाधान गरी उद्योग संचालन गर्ने वातावरण बनाउन सवैसंग आग्रह गरे। भने घरेलु कार्यालय धनकुटका विकास कार्कीले सहजीकरण गर्नु भएको थियो ।

धनकुटा औद्योगिक ग्राममा ११ वटा उद्योगहरु स्थापना भएपनि खानेपानी र विद्युतको समस्याका कारण हालसम्म उद्योगहरु पूर्ण रुपमा संचालन हुन सकेका छैनन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖