धनकुटाको महालक्ष्मीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा महालक्ष्मी नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको अध्यक्षतामा, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको प्रमुख आतिथ्यतामा, महालक्ष्मी नगरपालिकका नगरप्रमुख ध्रुवराज रायाको बिशिष्ट अतिथी, उपप्रमुख मञ्जु कुमारी कार्की (अधिकारी) , शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक मदन नाथ, जिल्ला राष्ट्रिय अनुसन्धान कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत रुद्र गुर्मछान मगर, महालक्ष्मी नगरपालिकाका सम्पुर्ण वडा अध्यक्ष तथा स्थानिय बुद्धिजिबि ,भद्रभलादमी, बिभिन्न बिद्यालयका शिक्षक ,शिक्षिका, विद्यार्थीहरु समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले आ-आफ्नो जिज्ञासा तथा सुझावहरु समेत राख्नु भएको थियो भने कार्यक्रममा उठेका जिज्ञासा सवालहरुको सहजिकरण जिल्ला प्रशासान कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल र जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले सहजिकरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।