नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी

काठमाडौ । नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् ।

मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन् ।

मधेसमा ७७२ मत खसेको छ जुन शर्माले लिएको अग्रताभन्दा कम हो ।

पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २ हजार ८ सय २९ मत देखिएको छ ।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार हुन् ।

अन्य पदाधिकारीमा पनि शर्माकै प्यानल अगाडि देखिएको छ ।

शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल लगायतका पदाधिकारीहरूले अग्रता लिइरहेका छन् ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय सञ्चार ग्राममा विजय र्‍यालीको तयारी भइरहेको छ ।

अन्तिम मत परिणाम भने आइतबार मात्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।