धनकुटामा पनि किराँती समुदायले मनाउंदै उधौली चाड

धनकुटा । आज मार्ग शुक्ल पूर्णिमा किराँती समुदायले उधौली चाड मनाउंदैछन् । याे समुदायले पितृ र प्रकृतिको मान सम्मान गरि पुजा गर्दै उधाैली पर्व मनाउन लागेका हुन् ।

यहि अवसरमा धनकुटा नगरपालिका वडा नं -६, राईकुवा टाेल साकेला पार्कमा भव्यताका साथ पुजाआराधना गरिदैछ । यहाँ आज विहान १० वजेदेखी पुजा आराधनाकाे कार्यक्रम शुरु हुने किरात राई यायाेक्खा धनकुटाले जनाएको छ ।

पूजाआराधनापछि सहित साकेला नाच नाच्ने तयारी छ । साथै पाैष ६ गते टुडिखेलमा वृहत साकेला र पापानी (ढाेल) नाच समेत प्रदर्शन गरिने बताईएकाे छ । याे पर्वमा आज किरात समुदायका राईहरुले उधाैलि, लिम्बुहरुले चासाेक तङ्नाम,सुनुवारले फाेलस्यादार, याक्खाहरुले चासुवा नामले मनाउने गर्दछन् ।

याे पर्वमा किराँती समुलायले साकेला थानमा भूमी पुजा गर्दै नयाँ अन्नवाली ईष्ट देवतालाई चढाउने तथा पितृहरुकाे सम्झना गर्ने गर्दछन् ।
यसैवीच नेवार समुदायले आजै याेमरी पर्व पनि मनाउदै छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖