धनकुटाका सात जना उत्कृष्ट कृषकलाई सम्मान

धनकुटा, ३ पुस । धनकुटाका सात जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । ४४ औं विश्व खाद्य दिवसको अवसर पारेर कृषि ज्ञान केन्द्र धनकुटाले कृषकहरूलाई सम्मान गरेको हो ।

उत्कृष्ट कृषि कर्मका आधारमा प्रथम हुनेमा छथर जोरपाटी–६ का मेघबहादुर खड्का, द्वितीय हुनेमा चौबिसे–६ का लालमान राई र तृतीय हुनेमा पाख्रीवास–२ का डम्बरबहादुर राय छन् । सहिदभूमि–६ का लोकेन्द्र राईले सान्‍त्‍वना पुरस्कार पाएका छन् भने महालक्ष्मी–१ का सुवास गुरुङ, धनकुटा–१० का टेकबहादुर दर्लामी र साँगुरीगढी–१ का कर्णबहादुर लिम्बूलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजारसहित सम्मान गरिएको छ । सान्‍त्‍वना र प्रोत्साहन पुरस्कारबापत जनही २÷२ हजार प्रदान गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्रबहादुर राना र पत्रकार महासंघका उपाध्यक्ष रविन कटेलले उत्कृष्ट छनौट भएका कृषकहरूलाई अबिर लगाएर सम्मान पत्र र नगद प्रदान गरी सम्मानित गरेका छन् ।

प्रथम हुने खड्काले १२ रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । उनले खोर्सानी, काँक्रा लगायतको बेमौसमी खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । द्वितीय पुरस्कृत पाउने राई टमाटर खेतीमा केन्द्रित छन् । उनले १५ रोपनी क्षेत्रफलमा ४० वटा टनेलभित्र टमाटर खेती गरिरहेका छन् । तृतीय हुने रायले १९ रोपनी क्षेत्रफलमा चैते साग, आलु र काउली खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । कृषि क्षेत्रमा व्यवसायिक रुपमा लामो समयसम्म निरन्तर राम्रो काम गर्दै आएका कृषकहरूलाई छनौट गरी थप प्रोत्साहनका लागि सम्मान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख रानाले जानकारी दिए ।

यसैबीच, विश्व खाद्य दिवसको अवसरमा कृषि ज्ञान केन्द्रले ‘शुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ विषयक निबन्ध लेखन प्रतियोगिता पनि गरेको छ । प्रतियोगितामा गोकुण्डेश्वर वालमन्दिर माविकी प्रतिभा सुवेदी प्रथम, निजामति आवासीय विद्यालयकी आर्सी अधिकारी द्वितीय र गोकुण्डेश्वर वालमन्दिरका सतिस सुवेदी तृतीय भएका छन् । उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाएका छन् । भाषा माविकी प्रतीक्षा श्रेष्ठ र गोकुण्डेश्वर माविका सञ्जिव कार्कीलाई सान्त्वना पुरस्कार बापत नगद ३÷३ हजार प्रदान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖