पाख्रिबास काव्य श्रृंखलामा भोलि कवि मुकुन्द प्रयास
धनकुटा । धनकुटाको पाख्रिबासमा कृयाशिल साहित्यिक संस्था पाख्रिबास कला साहित्य समाजको आयोजनामा भोलि मंसिर ६ मा काव्य श्रृंखलाको आयोजना गरिने भएको छ ।
कार्यक्रममा कवि मुकुन्द प्रयासले कविता वाचन गर्नेछन् ।
कार्यक्रम सिमसार क्षेत्र पाख्रिबासमा दिनको १ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

