बाजुरामा ५.२ म्याग्नेच्युडको भूकम्प
बाजुरा । बाजुरामा भूकम्प गएको छ।
बाजुराको उत्तरपूर्वी भूभागको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ४:१४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ म्याग्नेच्यूड मापन भएको छ।
भूकम्प गएपछि मानिसहरू घरबाहिरि निस्किएका जगगन्नाथ गाउँपालिका-५ का वडाध्यक्ष गौरी सार्कीले जानकारी दिए।
भूकम्पले मानवीय क्षति भएको जानकारी नआएको वडाध्यक्ष सार्कीले बताए।


