धनकुटाका पूर्व अध्यक्ष विजयलाई पत्रकार महासंघको मानार्थ सदस्यता प्रदान
धनकुटा । नेपाल पत्रकार महासंघले लामो समय देखी निरन्तर रुपमा प्रेस स्वतन्त्रता र महासंघको संस्थागत विकासका लागि महत्वपूर्ण योगदान दिएर क्रियाशिल रहनु भएको भन्दै धनकुटा शाखाका पूर्व अध्यक्ष विजय सन्तोषी राईलाई प्रदान गरिएको मानार्थ सदस्यताको प्रमाण पत्र धनकुटा शाखाले शुक्रवार सम्मान गर्दै हस्तान्तरण गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समितिको गत मंसिर १८ गतेको बैठकले धनकुटा शाखाका पूर्व अध्यक्ष राईलाई विगत ३२ बर्ष अधि देखी निरन्तर रुपमा प्रेस स्वतन्त्रता र नेपाल पत्रकार महासंघको संस्थागत विकासका लागि अविचलित रुपमा क्रियाशिल भैरहनु भएको भन्दै मानार्थ सदस्यता दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार केन्द्रिय कार्यवहाक अध्यक्ष बाला अधिकारीले हस्ताक्षर गरी केन्द्रिय कार्यालयबाट प्राप्त मानार्थ सदस्यताको प्रमाण पत्र नेपाल पत्रकार महासंघ धनकुटा शाखाले विशेष कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयबाट प्राप्त मानार्थ सदस्यताकोा प्रमाण पत्र केन्द्रिय सदस्य सरिता वराईली,नेपाल पत्रार महासंघ धनकुटा शाखाका नवनिर्वचित अध्यक्ष विदुर खवास,निर्वाचन समितिका संयोजक अधिवक्ता ठगिन कुमार राई,नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्व अध्यक्षहरु राजेश्वर वहादुर श्रेष्ठ,खगेन्द्र प्रसाद घिमिरे,पूर्व प्रदेश समितिका सदस्य सन्तोष रुचाल, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्ययक्ष विदुर खवास लगायत पदाधिकारीहरुले लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
नेपाल पत्रकार पत्रकार महासंघले पहिलो पटक मानार्थ सदस्ता प्राप्त गर्नु भएका नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राई,२०४९ सालमा धनकुटा शाखा स्थापना गर्दा संस्थापक सदस्य, बन्नु भएको थियो । त्यसपछी पटक पटक केन्द्रि परिषद सदस्य निर्वाचित हुनु भएको थियो । २०६१ देखी २०६७ सालसम्म दुई कार्यकाल नेपाल पत्रकार महासंघ धनकुटा शाखाको अध्यक्ष भएर काम गर्नुभएको थियो । त्यसपछी पटक पटक केन्द्रिय परिषद सदस्यमा निर्वाचित हुदै नेपाल प्रेस युनियनको पनि धनकुटा शाखको सस्थापक सदस्य हुदै शाखाको सचिव र केन्द्रिय सदस्य,केन्द्रिय उपमहासचिव र केन्द्रिय उपाध्यक्षमा समेत निर्वाचित भई नेतृत्व सम्हाल्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको भवन उहाकै कार्यकालमा निर्माण गरी संस्थागत विकासमा समेत महत्वपूर्ण योगदान दिनु भएका पूर्व अध्यक्ष राईले प्रेस स्वतन्त्रताको आन्दोलन २०६२ ÷२०६३ सालमा प्रहरीको नियन्त्रण समेत पर्नु भएको थियो । उहाँले पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाका लागि समेत महत्वपूर्ण योगदान दिनु भएको थियो । उहाले पत्रकार कल्याण कोष स्थापना गर्न महत्वपूर्ण सहयोग गर्नु भएको र पत्रकारहरुलाई पुरस्कार दिने व्यवस्था गर्नुका साथै स्थानीय स्तरका पत्र पत्रिकाहरुको लागि समेत स्थानीय स्तरमानै लोक कल्याणकारी विज्ञापन दिने व्यवस्था गरी आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था गर्नु भएको र पत्रकारहरुका लागि स्वास्थ्य बिमा गर्ने र नबोल अस्पतालमा पत्रकारहरुलाई छुटको व्यवस्था गर्ने समेत कार्यको समेत प्रारम्भ गर्नु भएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरि वहादुर लम्जेलले वताउनु भयो ।
प्रेस स्वतन्त्रता र नेपाल पत्रकार महासंघको संस्थागत विकासका साथै पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षका लागी महत्वपूर्ण योगदान पु¥याउदै आउनु भएका पूर्व अध्यक्ष राईलाई धनकुटा शाखाले पटक पटक सम्मान गरिसकेको छ । यिनै योगदानहरुको उच्च कदर गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले पहिलो पटक उहालाई मानार्थ सदस्यता प्रदान गरेको नेपाल पत्रकार महासंघ धनकुटाले शाखाले जनाएको छ ।


