पाख्रीबासको सिमसारमा यसरी गुन्जियो कवि मुकुन्द प्रयासका कविता(फोटो फिचर)

धनकुटा । धनकुटा पाख्रीबासको सिमसार क्षेत्र त्यसैपनि मनमोहक,सुन्दर र प्राकृतिक तथा कृतिम दृश्यावलोकन गर्नको लागि आन्तरिक पर्यटकको मन तान्न सफल छ ।

त्यसैमाथि आज सिमसार क्षेत्र कविताले गुन्जायमन भएको छ । पाख्रीबास कला साहित्य समाजको आयोजनामा सम्पन्न काब्य श्रृंखला अन्तर्गत आज चर्चित कवि मुकुन्द प्रयासको कविताले गुन्जायमन बनाएको हो ।

कवि प्रयासको वास्तविक माम मुकुन्द सुवेदी र जन्म साविक मुगा-८(हालको पाख्रीबास नगरपालिका ७ मा बिसं २०२५ सालमा आमा उमादेबी सुवेदी र बाबा यज्ञ प्रसाद सुबेदीको कोखबाट भएको थियो ।

कविका ‘एक झोला इन्द्रेणी(कविता संग्रह २०७१),२ सय भन्दा बढी साहित्यिक कृतिका आवरण,पत्र पत्रिका,पुस्तकहरु र पोर्टलमा आवरण डिजाइन,१ हजार भन्दा बढी कविता एवं गजलहरु माथि भावचित्र,मुहारचित्र यसैगरि धनकुटाको महालक्ष्मी नगरपालिका तथा सांगुरीगढी गाउंपालिकाको लोगो साथै सयौं संघ संस्था,प्रतिष्ठानहरुको लोगो समेत डिजाइन गर्नु भएको छ ।

त्यसका साथै कवि प्रयासले भानु स्वर्ण पदक २०७१ सहित दर्जनौं राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार/सम्मानहरु पाइसक्नु भएको छ ।

कार्यक्रममा कवि प्रयासले परिचय,युद्गको गीत,देश मधेश र पहाड,रुप,मन्दिर बाहिर,भ्यू टावरको बिरुद्दमा,भेट अनुभूति,शाश्वत प्रेम,जितको चक्रब्यूह,सेतो रंग,बृद्दानुभूति,पहिरोमा हामी,आमाको तस्बीर प्रेमी अर्थात हनुमान र बांसमा शिर्षकका कविताहरु वाचन गर्नु भएको थियो । प्रयासले कविता संगै आफ्नै गीतहरु पनि गाएर मनोरंजन दिलाउनु भएको थियो । कार्यक्रममा डीबी तामांग,ध्रुव एलेक्स,घनाश्याम बराल,अनिल सुवेदी,नमुना पौडेल,भिम विरही राई लगायतले पनि आ-आफ्नो सिर्जना वाचन गरेका थिए ।

सोही कार्यक्रममै चित्रकार डिल्ली कृष्ण आलेले कार्यक्रम स्थलमै कवि प्रयासको चित्र कोरेर वहांलाई हस्तान्तरण पनि गरेका थिए ।

समाजका अध्यक्ष प्रेम भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रमलाई सचिव ध्रुव एलेक्सले संचालन गरेका थिए ।

 

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।