धनकुटामा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटामा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा धनकुटा नगरपालिका वडा नं.-५ स्थित श्री गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयमा संचालन गरिएको थियो ।
कार्यक्रममा उक्त बिद्यालयका कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थी तथा शिक्षक,शिक्षिकालाई जिप्रका धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।


