धनकुटाको साँगुरीगढी- ९ आहाले स्थित चाँदिबजारमा साप्ताहिक बिहिवारे हटिया लाग्ने
धनकुटा । धनकुटाको साँगुरीगढी- ९ आहाले स्थित चाँदिबजारमा साप्ताहिक बिहीवारे हटिया लाग्ने भएको छ।
चाँदिबजार व्यावस्थापन समितिले हटिया उद्घाटनको लागि कार्यक्रम आयोजना गर्नु भएको थियो। कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य र चाँदिबजार व्यावस्थापनका अध्यक्ष सन्तोष राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो।
साँगुरीगढी ८,९,१० का कृषकहरूले यहि हटिया मार्फत आफुले उत्पादन गरेको कृषि सामाग्रीलाई बेचबिखन तथा किनबेच गर्न सक्यो भने यहाँका स्थानिय बासिन्दाहरूलाई सहज हुने गाउँपालिका अध्यक्ष राईले बताउनु भयो। उद्धाटन कार्यक्रममा राईसमुदायको धेरै बसोबास हुने भएकोले चाँदिबजार स्थित होमस्टे सञ्चालन गर्ने र होमस्टे सञ्चालन गर्न इच्छुकलाई गाउँपालिकाबाट तालिमको व्यावस्था गरिने अध्यक्ष राईको भनाई थियो।
यस क्षेत्रमा सुन्तला, आँप, एबोकाडो, लिचि, नास्पाती, केरा, अम्लिसो लगायत अरू थुप्रै खाधान्न बालीहरू कृषकले उत्पादन गर्ने गर्दछ। तर यो सबै धरान, इटहरी, विराटनगर तिर लगेर बेच्नु परेको स्थानिय कृषकहरूको भनाई छ।


