विद्यार्थीहरु राष्ट्र निर्माणको ठूलो शक्ति : नगर प्रमुख गुरुङ
धनकुटा । प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस पाख्रीवासका पुराना विद्यार्थीहरुलाई विदाई गरिएको छ ।
नेपाल विद्यार्थी संगठन -नेवि संघ) क्याम्पस समितीको आयोजनामा सञ्चालित एक कार्यक्रमको वीच अहिलेसम्म सो क्याम्पसमा अध्ययन गरि आफ्नो कोर्ष पूरा गरेर जान लागेका विद्यार्थीहरुलाई विदाई तथा त्यहाँ अध्ययनका लागि आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले नेपाल विद्यार्थी संघले अहिले मुलुकभर विद्यार्थी हक हित र अधिकारको पक्षमा सशक्त रुपमा काम गर्दै आएको वताउनु भयो ।
त्यस्तै पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले नेवि संघ विद्यार्थीहरुको विश्वास र भरोको केन्द्र बन्दै देशकै सवैभन्दा ठूलो र शक्तिशाली विद्यार्थी संगठनको रुपमा स्थापित भएको वताउनु उल्लेख गर्नुभयो । पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङले विद्यार्थीहरु राष्ट्र निर्माणको ठूलो शक्ति भएको वताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस पाख्री्बास नगर कार्य समितिका सभापति प्रेम भण्डारी,नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु विर्मशमान अमात्य, प्रियंका चौधरी,क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु रिता कुमारी गुरुङ,लगायतले विद्यार्थीहरु सिर्जना र निर्माणका प्रतिक भएको वताए ।
नेवि संघ प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस समिति पाख्री्रवासका अध्यक्ष सुरज आर्चायको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भुवन घिमिरेले राख्नुभएको थियो भने सञ्चालन नेविसंघका हेमन्त आर्चाय र बिमला पोखरेलले गरेका थिए ।


