भेडेटारमा खाना महोत्सव सुरु

धनकुटा,१६ पुष । कोशी प्रदेश कै चर्चित पर्यटकिय क्षेत्र धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२५ को अबसरमा मंगलबार बाट तीन दिने खाना महोत्सव सुरु भएको छ ।

होटल एसोसिएसन भेडेटारले आयोजना गरेको खाना महोत्सव अंग्रेजी नयाँ बर्षको अवसर पारेर गरिएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका २५ स्टल रहेका छन् । फेस्टिवलमा करिब २ करोड बरावरको आर्थिक कारोवार हुने र फेस्टिलमा ४० देखी ५० हजार पर्यटक भित्राउने लक्ष्य रहेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए ।

फेष्टिवलमा पर्यटकहरुले स्थानिय जातिय परम्परागत खानेकुराहरुको स्वाद लिन हेर्न बुझन पायनका साथै भेडेटारका पर्यटकीय स्थलहरु घुम्ने र मनोरञ्जन लिन सक्ने छन् , साना तथा ठुला होटल व्यावसाय फस्टाउने र पर्यटकहरुको आगमन वढ्ने र भेडेटारमा लगानीको अवसरहरु सृजना हुने आयोजकको लक्ष्य रहेको छ ।

कार्यक्रमको उत्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले भेडेटार कोशी प्रदेशकै चर्चित पर्यटकीय क्षेत्र भएकोले यहाँको पर्यटन विकासमा कोशी प्रदेश सरकारले सहयोग गर्ने धाराण राखेको थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।