धनकुटा घुम्न आएका पर्यटकहरुको गुनासो : पर्यटक माथी गरिने व्यावहार पूर्ण रुपमा सकारात्मक हुन नसकेको

धनकुटा,२५ पुष । अंग्रेजी नयाँ बर्षमा धनकुटा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले नेपालमा पर्यटक माथी गरिने व्यावहार पूर्ण रुपमा सकारात्मक हुन नसकेको बताएका छन् ।

अंग्रेजी नयाँ बर्षको अबसर पारेर घुम्न आएका पर्यटकहरुले नेपालको समग्र पर्यटन क्षेत्रमा सकारात्मकता कम भएको र यसले नेपालको पर्यटन क्षेत्रमै नकारात्मक सोचको विकास हुने गरेको बताएका हुन् । त्यसमा पनि सजिनल रुपमा मात्र पर्यटक अआउने स्थानमा होटल व्यावसायी देखि लिएर सर्वसाधारणले समेत पर्यटकह माथी राम्रो व्यावहार नगर्ने गरेको उनिहरुको गुनासो छ ।

अंग्रेजी नयाँ बर्षको अवसरमा धनकुटाका विभिन्न स्थान घुम्ने योजनाका साथ आएका भारतको उत्तर प्रदेशका नितिशकुमार शर्माले नेपाल पर्यटकीय हिसाबले अत्यान्त राम्रो भए पनि पर्यटक मैत्री पूर्वाधारको अभाव, पर्यटकहरु लाई गर्ने व्यावहारमा कमी जस्ता कारणले नेपालले पर्यटकीय क्षेत्र बाट राम्रो लाभ लिन नसकेको बताए । उनले भने नेपालका सबै स्थानमा पर्यटक गाइडको व्यावस्था छैन कतिपय स्थान बारे बाहिर बाट आएका पर्यटक लाई जनाकारी हुदैन पर्यटकीय स्थानका बारेमा सोध्दा आफ्नो होटलमा नबसेको वा नखाएको भन्दै पर्यटक संग झर्कने र नमिठा शब्द समेत बोल्ने गरेको अवस्था छ ।

त्यस्तै भारतको बिहार बाट आएका अर्का पर्यटक चन्दन कुमार यादबले भने नेपाल र भारतको सम्बन्ध ज्यादै नजिकको हुदाँ समेत भारतीय पर्यटक लाई नेपाल ल्याउन नेपालले नसकेको बरु भारतले नेपाल बाट पर्यटक धार्मिक पर्यटक धेरै भित्राउने गरेको अनुभव सुनाए । उनले भने नेपालमा धेरै धार्मिक स्थल र प्राकृतिक संम्पदा भए पनि त्यसको प्रचार प्रसारमा सरोकारवाला निकायले ध्यान नदिदाँ भारत बाट समेत धरै पर्यटक नेपाल नआई अन्य देश घुम्न जाने गरेका छन् । पर्यटक लाई घुम्ने, रमाउने र सुरक्षाको पूर्ण वातावरण सरोकारवाला निकायले गर्नु पर्ने हुन्छ त्यो नेपालमा राम्रो संग भएको पाइदैन् ।

त्यस्तै आन्तरिक पर्यटकको रुपमा झापाको विर्तामोड बाट आएका सुदनकुमार थापाले भने अहिले पनी नेपालका अधिकांश ठाउँमा पर्यटक भन्ने वितिकै विदेश बाट आएका मात्र भन्ने बुझाई छ आन्तरिक रुपमा आफ्नो देशमा घुम्ने लाई व्यवासायीले समेत पर्यटकको रुपमा नहेर्ने र व्यावहार नगर्ने प्रचलन रहि आएकाले त्यसमा सरोकारवाला निकायले सोचमा परिर्वतन गराउँन आवश्यक रहेको बताए ।

पर्यटक भन्ने वितिकै सेवा अनुसारको भन्दा पनी पैसा कसरी बढी लिन सकिन्छ भन्ने मानसिकता समेत धेरैमा हुने गरेको र आवश्यक अनाआवश्यक सामग्री खरिदका लागी समेत कर गर्ने र पछ्याउने प्रवृतीले समेत नेपालमा पर्यटक माथी गरिने व्यावहार राम्रो नभएको थापाको अनुभव छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।