त्रिबेणीमा धार्मिक मेला र भलिवल प्रतियोगिता हुने

धनकुटा । माघे संक्रान्तिको अबसरमा चौविसे गाउँपालिकाको फलामेटारमा धार्मिक मेला र भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । यो ठाउँ धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला, चौविसे र सँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला र तमोर नदीको संगममा पर्छ ।

त्रिबेणी हिन्दु धार्मिक ग्रन्थमा वर्णित पवित्रधाम मध्येको एक मानिन्छ । मकर संक्रन्तिका दिन त्रीवेणीको पवित्र जलमा स्नान गरे छाला सम्बन्धी रोग निको हुने विश्वास छ । त्रिबेणीमा नुहाएर हंसमोरङमा रहेको शिवालयमा दर्शन गरे रोगब्याधबाट मुक्ति, सुखशान्ति, समृद्धिका साथै मनोकाक्षा पुरा हुने विश्वास रहेको स्थानीय गोविन्द बस्नेतले जानकारी दिए ।

धार्मिक मेलामा पाँचहजार श्रद्धालु उपस्थित हुने स्थानीय बजार ब्यबस्थापन समितिका सदस्य उमेश कार्कीले जानकारी दिए । श्रद्धालुहरुको सुबिधा र सुरक्षाका लागि आफुहरु प्रतिबद्ध रहेको मेला आयोजक समितीका संयोजक हर्कबहादुर खड्काले जानकारी दिए ।

भलिवल प्रतियोगिता हुने स्थानीय त्रिबेणी खेलकुद विकास समितिले त्रीवेणीमा आइतबारदेखि भलिवल खेलको आयोजना गर्दैछ । प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २ सय २२ रहेको छ । यस्तै दोस्रो पुरस्कार ६६ हजार ६ सय ६६ र सेमी फाइनल प्रवेश गर्ने टीमलाई खर्च बापत २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि विभागिय सहित ८ टीमको सहभागिता रहने छ । आयोजक त्रिबेणी खेलकुद विकास समिति, नेपाल प्रहरीको रानी बिराटनगर, मोरङको बेलबारी, तमोर करोडोर स्पोटिङ, एपिएफको पकली, गुन्याहाङ तमु समाज मकालु संखुवासभा, कोशी प्रदेस टे«निङ सेन्टर लगायतका टीम रहने खेल आयोजक समितिका संयोजक रोशन भण्डारीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖