धनकुटामा अनुपम यात्रा

धनकुटा,२८ पुष । अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा मानव अधिकारको लागि महिला, एकल महिला समूहले धनकुटामा स्थानीय सरोकारवालाको सहकार्यमा अभियान ‘अनुपम यात्रा’ सञ्चालन गरेको छ।

मानव अधिकारको लागि महिला, एकल महिला समूहका प्रदेश अध्यक्ष मीना राईको संयोजकत्वमा सम्पन्न कार्यक्रम अघि धनकुटामा कृयाशिल विभिन्न महिला समूहहरुद्धारा धनकुटाको मदन चोकबाट पञ्चेबाजासहित र्याली निकालिएको थियो।आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्यअनुसार सुरु भएको कार्यक्रममा अधिकारकर्मीले आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा संविधानसभा सदस्य लिला सुब्बा र धनकुटा नगरपालिकाको उपप्रमुख भिमा खनालले आफनो धाराण राखेका थिए । २०८० सालदेखि सुरु यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ। खास गरी यो अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पुर्याउने लक्ष्य लिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖