भूमि समस्या समाधान आयोग धनकुटाको अध्यक्षमा राई नियुक्त
धनकुटा , २९ पुस । भूमि समस्या समाधान आयोग धनकुटाको अध्यक्षमा देवमान राई नियुक्त भएका छन् ।
सत्ता गठबन्धन नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेको आयोगमा भूमि व्यवस्था मन्त्रालयले राईलाई एमालेको कोटाबाट जिल्ला अध्यक्षमा नियुक्त गरेको हो ।
प्रचण्ड नेतृत्वको सरकार वहिगर्मन भएसँगै विघटन भएको आयोगको केन्द्रिय समितिले पूर्णता पाए तापनि जिल्ला नेतृत्व तय हुन् सकेका थिएन ।
लामो समयदेखि जिल्ला नेतृत्वमा अन्यौल सिर्जना भईरहेको वेला राईको नियुक्तिले भूमि समस्याका बांकी काम पुरा हुने विश्वास लिईएको छ ।


