धनकुटा सिटि जेसिजको १७ औं पदस्थापन
धनकुटा । धनकुटा सिटि जेसिजको १७ औ पदस्थापन कार्यक्रम आज धनकुटामा भव्य समारोशका विच सम्पन्न भएको छ । जेसिजका २०२४ का अध्यक्ष सुरेश धमलाले २०२५ का लागि निर्वाचित अध्यक्ष दिनेश भण्डारीलाई सोमवार आफुले लगाएको चेन लगाई दिएर पद हस्तानंतरण गर्नु भयो ।
कार्यक्रममा धनकुटा नगरपालिकाका उपमेयर भिमा देवी खनाल,नेपाल जेसिका राष्टिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटा,उपाध्यक्ष सुमित्रा भट्टराई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,राष्टिय अभिभावक संघ का केन्द्रिय उपाध्यक्ष सुन्दरवाबु श्रेष्ठ,गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाइर्, धनकुटा सिटिजेसिजका पूर्व अध्यक्षहरु प्रलाद दाहाल,करुणा कटुवाल लगायतले नेपाललाई जेसिजमय बनाएर मुलुकलाई सफल र सुन्दर बनाउन सकिने वताए ।
जेसिजको २०२५ का लागि अध्यक्ष जेसि दिनेश भण्डारी,कार्यकारी उपाध्यक्षहरुमा सुवास भट्टराई, सविन श्रेष्ठ,महासचिव जेसि सुवास खनाल,कानुनी सल्लाहकार जेसि सरिता लिम्बु,कोषाध्यक्ष जेसि भोलाराज थापा,उपाध्यक्षहरुमा जेसी बुद्ध तामाङ, जेसि मिलन बुढाथोकी, जेसी दुर्गा घिमिरे, जेसी दपा थापा,सचिव जसि केल्सन धिमाल,तालिम निर्देशक जेसि इन्द्र वहादुर श्रेष्ठ,जनसम्र्पक अधिकारी जेसि निर्मला दाहाल निर्वाचित हुनु भएको र अध्यक्षको प्रमुख सल्लाहकारमा पूर्व अध्यक्ष जेसि विजय अधिकारी मनोनयन हुनु भएको पूर्व अध्यक्ष तथा निर्वाचिन समितिका संयोजक जेसि करुणा कटुवालले वताउनु भयो ।
नव निर्वाचित कार्य समितिलाई गोकुण्डेश्वर बाल मन्दिर माविका प्रधानाध्यापक दामोदर मिश्र सिटि जेसिज धनकुटाका पूर्व अध्यक्ष विजय अधिकारी,धनकुटा लेडिजेसिजका अध्यक्ष मुना पोखरेल,महासचिव शोभा श्रेष्ठ,समाजसेवी नेता बल वहादुर राई,समाजसेवीहरुअम्विका धमला,मिन वहादुर कार्की,गंगाराम ढुंगाना,राजन पौडेल,नेता बालानन्द दाहाल,हिक्मत भण्डारी मछिन्द्र राई,लक्षुमण घिमिरे,धन वहादुर भण्डारी लगायतले बधाई तथा शुभ कामना दिए ।


