धनकुटाका निर्माण ब्यावसायीले पठाए प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
धनकुटा,६ माघ । नेपाल निर्माण ब्यावसायी संघ धनकुटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ। धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो।
निर्माण ब्यावसायीहरुले विभिन्न १४ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले माघ १५ गतेसम्ममा आफ्नो माग पूरा नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
निर्माण ब्यावसायी सङ्घ धनकुटाका अध्यक्ष प्रकाश कुमार थुलुङ राई सहितका निर्माण व्यवसायीहरूले धनकुटामा प्रजिअ पोखरेल मार्फत ज्ञापनपत्र बुझाएका थिए।


