धनकुटा लेडि जेसिजको पदस्थापन तथा पुरस्कार वितरण

धनकुटा ।धनकुटा लेडि जेसिजको छौठौ पदस्थापन तथा पुरस्ककार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व मन्त्री राष्टपतीका राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाले सूर्य वहादुर फाउण्डेशन मार्फत सहयोग गर्ने बताउनु भएको छ । धनकुटामा लेडिजेसिजले उदाहरणीय कार्य गर्दै आईरहेको र जेसिज मार्फत समाजमा रुपान्तरण गर्न सकिने भन्दै उहाँले सहयोग गर्ने बताउनु भयोे ।

त्यस्तै नेपाल जेसिजका राष्टिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले पनि धनकुटा लेडिजेसिजलाई सहयोग गर्ने वताउनु भयो । धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनालले धनकुटा लेडिजेसिजसंग धनकुटा नगरपालिकाले सहकार्य गरेर अगाडी बढ्न् वताउनु भएको छ । धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जेसिज समाज र राज्यका लागि उदाहरणीय बन्दै गएको उल्ल्ेख गर्नुभयो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जेसिज व्यक्तित्व,नेतृत्व र व्यावसायिक विकासका लागि यूवाहरुको विश्व विद्यालय भएको वताउनु भयो ।

कर्यक्रममा एनआरएन एशिया क्षेत्रका अध्यक्ष हरी भट्टराई,चौविसे गाउपालिकाका पूर्व उपाध्यक्ष यज्ञ कुमाारी रुचाल,धनकुटा उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष मन कुमारी तितुङ ,मानव अधिकार महिला सञ्जाल धनकुटाका अध्यक्ष सुमना तिम्सिना लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
धनकुटा लेडिजेसिज २०२४ का अध्यक्ष मुना पोखरेलले २०२५ का लागि निर्वाचित अध्यक्ष सरस्वती राईलाई पद हस्तान्तरण गर्नु भएको थियो । सकार्यक्रममा धनकुटा लेडिजेसिजका सस्थापक अध्यक्ष प्रमिसा थापा श्रेष्ठ,वृषिका श्रेष्ठ,बिपना प्रधान,मेनुका वस्नेतले समेत बधाई तथा शुभ कामना व्यक्त गरेका थिए । पहिलो सत्रको कार्यक्रम २०२४ का महासचिव शोभा श्रेष्ठले र दोस्रो चरणको कार्यक्रम २०२५ का महासचिव टिका राईले सञ्चालन गरेका थिए ।

सो अवसरमा उत्कृष्ट कार्य गरेकोमा जेसी लक्ष्मी परियारलाई पुरस्कार प्रदान गरिएको थियो भने धनकुटा ७ का समाजसेवी रेजिना पलिखेलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो । धनकुटा लेडि जेसिज २०२५ का लागि अध्यक्ष सरस्वती राई,आई पि पिमा मुना पोखरेल, कार्यकारी उपाध्यक्ष शोमा राई,बिनु जोशी,महासचिव टिका राई, जि एल सिमा सुस्मिता श्रेष्ठ,कोषाध्यक्ष ग्रस्ता श्रेष्ठ,, उपाध्यक्षहरु तुलसा पौडेल,लक्ष्मी परियार,दिपिका भ्टराई, अञ्जना राई सचिव रिता पाण्डे तामिल संयोजक जमुना दाहाल,खेलकुद संयोजक योजना अधिकारी,कार्यक्रम संयोजक संघिया श्रेष्ठ,बजेज संयोजक सकुन न्यौपानेलाई निर्वाचित तथा मनोनित हुनु भएको छ । धनकुटा लेडिजेसिजको२०२५को लागी प्रथम पुरुषमा समाजसेवी तथा निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष प्रकाश राई र बर्ष २०२४ को प्रथम पुरुष महेश पराजुली हुनुहुन्छ ।

धनकुटा लेडिजेसिज २०२४ का अध्यक्ष मुना पोखरेले , २०२५ का लागि निर्वाचित अध्यक्ष सरस्वती राई संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठले प्रमुख अथिति पूर्व मन्त्री थापा लगायत विशिष्ट अतिथी र अथितिहरुलाई मायाको चिनो तथा पुरस्कार प्रधान गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖