धनकुटा सहित पूर्वका नौ जिल्लामा यातायात बन्द, जनजीवन प्रभावित
धनकुटा : पूर्वका नौ जिल्लामा यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण धनकुटाको पाख्रिबासबाट धरान,इटहरीका लागि छुट्ने कुनै पनि सवारी साधन चलेका छैनन् भने संखुवासभा,भोजपुरबाट तपाईका लागि छुट्ने कुनै पनि सवारी साधन चलेका छैनन् ।
ताप्लेजुङको पाथिभरामा केबलकार बनाउन नहुने माग राख्दै सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्द गरिएको हो । बन्दको प्रभावका कारण जनजीवन प्रभावित बनेको छ ।
यी जिल्लामा आज र भोलि यातायात बन्द गर्न आह्वान भएसँगै बन्दको प्रभाव परेको हो ।
मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत सम्पूर्ण संस्था एवम् राजनीतिक दलहरूले बन्द गरेका हुन् ।


