साहित्यकार झमक घिमिरे धनकुटामा सम्मानित
धनकुटा,११ फागुन । साहित्यकार झमक घिमिरेलाई धनकुटामा सम्मानित गरिएको छ ।
इटहरीबाट संचालित प्रदेश खबर डटकमले घिमिरेलाई उहाँको घर धनकुटाको कचिडेमा सम्मानित गरेको हो । प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले घिमिरेलाई अभिनन्दन पत्र प्रदान गर्नुभयो ।
उक्त अबसरमा घिमिरेलाई २५ हजार रुपैयाँ उपचार सहयोग पनि उपलब्ध गराइएको छ । उक्त कार्यक्रममा प्रदेश खबरका अध्यक्ष पवन अधिकारी, नेपाल प्रेस युनियनका प्रदेश महासचिव संजिव वाग्ले, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरे, प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई, पत्रकार महासंघ धनकुटाका सह सचिव इश्वर थापा लगायतको उपस्थिती रहेको थियो ।

