एमाले धनकुटाको सहिदभूमि ७ नं. वडा कमिटीको अध्यक्षमा लुम्बराज राई

धनकुटा । नेकपा एमाले धनकुटा सहिदभूमि गाउँपालिका ७ नं. वडा कमिटीको दोस्रो अधिवेशनबाट लुम्बराज राईको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनले उपाध्यक्ष ईश्वर जर्घा मगर,सचिव बिजय कुमार राई,उप-सचिव असोक राई र उप-सचिव चन्डिका राई लगायत सदस्य चयन गरेको हो ।

त्यस्तै गरी राष्ट्रिय युवा संघ नेपाल ७ नं.वडा कमिटी केशर कुमार राईको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा डिल्ली बहादुर पौडेल , सचिव राम बाबु राई, उप-सचिव अनु दर्जि कोषाध्यक्ष सुजन राई लगायत रहेका छन् ।

अधिवेशन नेकपा एमाले केन्द्रिय कमिटी सदस्य, धनकुटा जिल्ला इन्चार्ज ,पुर्व मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । यस्तै विशेष अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं पुर्व अर्थ राज्यमन्त्री निरन ,जिल्ला कमिटी सचिवालय सदस्य बम राई, कोशी प्रदेश सल्लाहकार परिषद सदस्य मनोज राई, जिल्ला कमिटी सदस्यहरू केशब राई, लाल बहादुर राई, चन्द्र बिस्ट, सहिदभुमी गाउँ पार्टी कमिटी अध्यक्ष मातृका राई, उपाध्यक्ष हेम कुमार राई, , लेखा समिति संयोजक मोहन राई, सचिव भुपाल भण्डारी, कार्यपालिका सदस्य मधु भण्डारी, सात न. वडाका जनप्रतिनिधि, अग्रज नेता फडिन्द्र थापा, अनेरास्ववियु धनकुटा जिल्ला उपाध्यक्ष बालकृष्ण बस्याल, ७ न.वडाका अग्रज नेताहरु रहनु भएको थियो ।

सहिदभूमि वडा नं ७ को दोल्रो अधिवेशन सर्वसम्मत वटा कमिटी गठन गर्दै सम्पन्न भएको नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य एवम् सहिदभूमि गाउँपालिका ईन्चार्ज सावित्रा राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।