एमाले चौबिसे ४ को वडा अधिवेशन सम्पन्न,अध्यक्षमा रोशन भण्डारी
फलामेटार,४ चैत । चौबिसे गाउँपालिका वडा नं चार नेकपा एमाले को दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
आईतबार भएको अधिवेशनले अध्यक्ष रोषन भन्डारी, उपाध्यक्ष राजन माझी, सचीव फूल बहादुर मगर, उपसचिव फर्स बहादुर तामाङ्ग लगायतको १७ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ। अधिबेशनको पार्टीका केन्द्रिय सदस्य विना राईले उदघाटन गर्नुभएको थियो ।
वडाध्यक्ष लोकेन्द्र मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा एमाले प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, सल्लाहकार समिति सदस्य टेकप्रसाद भण्डारी जिल्ला कमिटी सद्स्यहरु खजिन्द्र राई, चण्डिका देवि भट्टराई तिलक कार्की, हरि प्रसाद ओझा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा चौबिसे गाउँ कमिटी अध्यक्ष जीवन कटुवाल र उपाध्यक्ष टंकमाया पाङ्गमि मगर उपस्थिती रहेको स्थानीय सञ्चारकर्मी बिनोद भण्डारीले जानकारी दिनुभयो।




