पार्टी भित्रको एकता आजको आवश्यकता : अर्जुननरसिंह केसी
धनकुटा,८ चैत ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले पाटी भित्रको एकता आजको आवश्यकता भएको बताउनु भएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले शुक्रबार धनकुटामा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केसीलेले यस्तो बताउँनु भएको हो । उहाँले अनेकतामा एकता विविधतामा एकता कसरी कायम गर्ने भन्ने तर्फ सबैको ध्यान जानु पर्ने समेत बताउनुभयो ।
देशमा अफ्ठ्यारो परेको बेला कांग्रेसले संकट मोचनको काम गरेको र देशमा भएका हरेक परिवर्तन कांग्रेसको नेतृत्वमा भएकाले अहिलेको समस्याको समाधान कांग्रेसले गर्ने बताएका हुन्।कांग्रेसभित्र पात्र नभई प्रवृत्ति गलत रहेको बताउँदै सबै नेता कार्यकर्तामा प्रवृत्ति सुधार हुन आवश्यक रहेको बताउनु भयो ।
अहिलेको अवस्थामा गणतन्त्रले गर्नुपर्ने सुशासन,समृद्धि लगायतका जनसरोकारका विषय लाई सम्बोधन गर्न नसक्दा गणतन्त्रको विपक्षमा विरोध र आलोचना भई रहेको बताउँनु भएको छ । साथै नेता केसीले आजै शिक्षक नेताहरु संग कुरा गर्दै सरकारले शिक्षक महासंघ संग गरेको सहमती पालन गराउँन पाटी र संसदमा कुरा उठाउने समेत बताउँनु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्मा, संविधानसभा सदस्य पुष्प भुसाल तथा नेता रमेशजंग रायमाझीले प्रशिक्षण दिनु भएको थियो ।


