एमाले धनकुटा नगरले १० वटै वडामा सम्पन्न गर्यो अधिबेशन,कुन वडामा को बने अध्यक्ष ?
धनकुटा,चैत १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्न गरेको छ ।
चैत ९ गते धनकुटा नगरपालिका वडा नं. १० को दोस्रो वडा अधिवेशन सम्पन्न भए संगै १० वटै वडाको दोस्रो वडा अधिवेसन सम्पन्न गरेको हो ।
शनिवार सम्पन्न वडा नं १० को अधिबेशनबाट नगेन्द्र घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
अधिवेशनबाट घिमिरे सहित उपाध्यक्षमा हेम दाहाल ,सचिव लोक बहादुर राई ,उपसचिवद्वयमा ठगेन्द्र दाहाल ,पबित्रा दाहाल निर्वाचित हुनु भएको छ ।
नेकपा एमाले धनकुटा नगर कमिटी अध्यक्षहरुमा भुपाल तामाङ, टिकाराम दर्लामी मगर, पुर्णलाल राई, अगमशेर राई, उमेश राई, बिस्णु पुलामी मगर, जंग बहादुर राई, चौतिसलाल राई, भीम ढकाल, ज्ञानेन्द्र घिमिरे क्रमश: वडा नं. १ देखि १० सम्म क्रमश : चयन भएका छन् ।


