एमाले धनकुटाको पाख्रिबास १ नं वडा कमिटी अध्यक्षमा पाण्डे
धनकुटा, १० चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर १ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट जय बहादुर पाण्डे अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
अधिवेशनबाट पाण्डे सहित उपाध्यक्षमा घनिन्द्र चापागाईं ,सचिव मेघराज कुँवर ,उपसचिवद्वयमा जीत बहादुर पाण्डे र होमादेवी न्यौपाने निर्वाचित हुनु भएको छ ।
वडा अधिबेशनसंगै अखिल नेपाल महिला संघ १ नं वडा कमिटीको अध्यक्षमा सजिना अधिकारी,उपाध्यक्षमा कल्पना बरुवाल,सचिव सिता थापा,उपसचिव टिका थापा लगायत ३१ सदस्यीय कमिटी गठन गरिएको छ ।
त्यसैगरि अखिल नेपाल युवा संघ र किसान संघको १ नम्बर वडा कमिटी पनि गठन भएको छ ।


