प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मी बिच भिडन्त हुने

काठमाडौं, १४ चैत । नेपाल पुलिस क्लबले पहिलो हार ब्योहोरेको छ ।

 

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पुलिसले पहिलो हार ब्योहोरेको हो ।

 

आज भएको दुइ विभागीय टोलीको खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पनि फाइनलमा प्रवेश गरेको छ । लगातार सातौं जीत हासिल गरेको पुलिस एक खेल अगावै फाइनलमा पुगिसकेको छ । 

 

भैरहवाको एक्ट्रटेक ओभलमा पुलिसले प्रस्तुत गरेको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । आर्मीका लागि विवेक यादवले अविजित ४१, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२, कप्तान विनोद भण्डारीले अविजित १३ र बसिर अहमदले १२ रज बनाउन सफल भए । 

 

पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा कप्तान दीपेन्द्रसिंह ऐरी र करण केसीले समान एक एक विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।

 

जितसँगै आर्मीले ९ खेलमा १६ अंक जोड्यो । पहिलो पराजय बेहोरेको पुलिसको पनि समान खेलबाट १६ अंक नै रहेकाे छ ।  सामान अंक भए पनि नेट रनरेटका आधारमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖