अखिल नेपाल महिला संघ पाख्रीबास नगर अध्यक्षमा सम्झना आले

धनकुटा । नेकपा एमाले पार्टीको जनसंगठन  अखिल नेपाल महिला संघ (अनेमसंघ) पाख्रीबास नगरपालिका धनकुटाको  तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सम्झना आलेको नेतृत्वमा   ४५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन  गर्दै सम्पन्न भएको  हो।      

नगर कमिटी उपाध्यक्षमा देवी माया बस्नेत , सचिव  मिठु देउजा , काेषाध्यक्ष सविता कार्की , उप-सचिव पुस्पा अधिकारी लगायत  सदस्य रहेका छन् ।

उक्त अधिवेशन  अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य एवम् धनकुटा जिल्ला ईन्चार्ज मन्जु अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अधिवेशनको  विशेष अथिति, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष मन कुमारी तितुङ्ग (तारा), पार्टीका काेशी प्रदेश सदस्य तथा पाख्रीबास नगर कमिटी ईन्चार्ज खण्डमान राई रहेको थियो ।

त्यस्तै गरि जिल्ला कमिटी सचिवालय सदस्य तथा निवर्तमान नगर कमिटी अध्यक्ष शान्तिराम गोतम , अनेम संघ जिल्ला उपसचिव सीता थापा , काेषाध्यक्ष निर्मला राई श्रेष्ठ , जिल्ला कमिटी सदस्यहरु नेकपा एमाले पाख्रीबास नगरकमिटी अध्यक्ष  सिताराम राई ,सचिव दुर्गा सुवेदी , उप-सचिव  ताेर्ण खपाङ्गि लगायत पालिका कमिटी सदस्यहरुको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖