प्रधानमन्त्री कप क्रिकेटमा पुलिस बन्यो लगातार दाेस्राे पटक पनि च्याम्पियन

काठमाडौं, १६ चैत । नेपाल पुलिस क्लब लगातार दोस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

 

अर्को बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिस लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

शनिबार सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पुलिसले जम्मा २५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर च्याम्पिनयको उपाधी हासिल गरेको हो ।

जसअनुसार पुलिसका लागि कुशल भुर्तेलले ७० बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरेका थिए भने अमीत श्रेष्ठले ३९ र दिलिप नाथले अविजित ३१ रन बनाएका थिए ।

 

पहिलो विकेटका लागि कुशल र अमीतले ७७ रनको साझेदारी गर्दा  आर्मीका लागि शाहब आलमले ३  तथा नरेन साउदले १ विकेट मात्रै हात पार्न सफल भएका थिए ।

 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेर पुलिस सामु चुनौती खडा गरेको थियो ।

 

जसअनुसार आर्मीका लागि बसिर अहमदले १०४ बलमा ९ चौका र १ छक्काको मद्दतले अविजित ८६ रनको योगदान गरेका थिए भने कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन मात्रै बनाएका थिए ।

 

पुलिस समग्रमा चौथो पटक च्याम्पियन बनेको हो । पुलिस सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा तथा २०१९ र २०२४ मा एकल रुपमा विजेता बनेको थियो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖