सहिद भीमनारायण गोल्डकप : विर्तामोड यूनाइटेड क्लव झापा सेमिफाइनलमा प्रबेश
धनकुटा,१९ चैत ।धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करण आज भएको खेलमा विर्तामोड यूनाइटेड क्लव झापा विजयी भएको छ ।
धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा आज भएको प्रतियोगितामा विर्तामोड यूनाइटेड क्लव झापाले चित्लाङ्ग फुटवल क्लव काठमाडौँलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइन प्रवेश गरेको छ । झापाका लागि खेलको ४४ औं मिनेटमा अभिसेक गुरुङ्ग, ५६ औं मिनेटमा विशाल भण्डारी र ६२ औं किल्सन कन्दवाले गोल गरेका थिए ।
त्यस्तै पराजित टिम चित्लाङ्ग फुटवल क्लव काठमाडौँको तर्फ बाट खेलको ६८ औं मिनेटमा डोकुले सान्त्वना गोल फर्काएका थिए । खेलको म्यानअफद म्याच विजेता टिमका कप्तान किल्सन कन्दवा घोषित भए । भोलीको खेल एपिएफ क्लव काठमाडौँ र बेलवारी फुटवल क्लब मोरङ्ग विच हुने छ ।


