नेकपा एमाले पाख्रिबास नगरले १० वटै वडामा सम्पन्न गर्यो अधिबेशन,कुन वडामा को बने अध्यक्ष ?

धनकुटा,चैत २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाख्रिबास नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्न गरेको छ ।

आज पाख्रिबास नगरपालिका वडा नं. ७ को दोस्रो वडा अधिवेशन सम्पन्न भए संगै १० वटै वडाको दोस्रो वडा अधिवेसन सम्पन्न गरेको हो ।

सम्पन्न वडा नं ७ को अधिबेशनबाट बाबुराम भण्डारीको अध्यक्षतामा २९ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट भण्डारी सहित उपाध्यक्षमा कमला बिश्वकर्मा ,सचिव राजेन्द्र भण्डारी, उप सचिवमा उर्मिला राई र रामबहादुर बस्नेत निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा प्रमुख अथिति पूर्व मन्त्री,नेकपा एमाले केन्द्रीय कमिटी सदस्य ,धनकुटा जिल्ला ईन्चार्ज सांसद राजेन्द्र कुमार राई र अथितिहरुमा कोशी प्रदेश सदस्य एवं पाख्रिबास नगर ईन्चार्ज खण्डमान राई,प्रदेश कमिटी सदस्य,सहिदभूमि गाउंपालिका ईन्चार्ज एवं जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख साबित्रा राई लगायतका रहनु भएको थियो ।

सम्पन्न अधिबेशनबाट नेकपा एमाले पाख्रिबास नगर कमिटी अध्यक्षहरुमा जय बहादुर पाण्डे,दिल बहादुर तामांग,लोकेन्द्र राई,प्रनेश श्रेष्ठ,लोक बहादुर ब्लोन,पदम बहादुर तामांग,बाबुराम भण्डारी,नगेन्द्र राई,जय बहादुर तामाङ,निर्मला जर्घा मगर वडा नं. १ देखि १० सम्म क्रमश : चयन भएको एमाले पाख्रिबास नगर कमिटीले जनाएको छ ।

तस्बीर :वडा नं ७ को दोस्रो अधिबेशन

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖