सहिद भीमनारायण गोल्डकपको उपाधि नबोबुद्ध यूथ क्लब सप्तरीलाई
धनकुटा,२३ चैत । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करणको उपाधी नबोबुद्ध यूथ क्लब सप्तरी हात पारेको छ ।
आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा गाइघाट फूटवल क्लव लाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै नबोबुद्धले उपाधी उचालेको हो ।
धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा आज भएको फाइनलमा निर्धारित समय दुबै तर्फ बाट २–२ गोल भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो ट्राइबेकरमा ५–३ गोल अन्र्तरले विजयी हुदै नबोबुद्धले ५ लाख नगद र उपाधी प्राप्त गरेको छ भने उपविजेता बनेको गाइघाटले २ लाख ५० हजार प्राप्त गरेको छ ।


