राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित

धनकुटा, २४ चैत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ धनकुटाको अध्यक्षमा देवी राई निर्वाचित भएका छन् । युवा संघको आज सम्पन्न नौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिवेशनले देवीको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

समितिको उपाध्यक्षमा सुवास तामाङ, सचिवमा सुरेश लिम्बू, उपसचिवमा राजेन्द्र थापा, निरन राई, सन्तबहादुर राई तथा कोषाध्यक्षमा मनमोहन कार्की चयन भएका छन् । नव निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई राष्ट्रिय युवा संघका केन्द्रिय सचिव एवं कोशी प्रदेश इन्चार्ज निरज पौडेलले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् ।

एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, जिल्ला अध्यक्ष शिव आङ्ला, युवा संघका धनकुटा इन्चार्ज कला राई लगायतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।