धनकुटा नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न
धनकुटा,२५ चैत । १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत ५ औं धनकुटा नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ ।
धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा रनिङ शिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
गोकुण्डेश्वर माध्यमिक विद्यालय सिरान बजारको संयोजनमा भएको प्रतियोगितामा गोकुण्डेश्वर माध्यमिक विद्यालयले सिरानबजारले १३ स्वर्ण, ६ रजत र १ कास्य गरि २० पदकसहित प्रथम भएको छ ।
यस्तै, गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय १० स्वर्ण, ३ रजत र ३ कास्य गरि १६ पदकसहित द्धितीय स्थान हात पारेको छ ।
धनकुटा नगरपालिकाको आयोजना तथा गोकुण्डेश्वर माध्यमिक विद्यालयको संयोजनमा २ दिनसम्म सञ्चालित प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।


