ठेचो डोजो कराँते टिम च्याम्पियन

ललितपुर । ४६ सालको जनआन्दोलनका सहिद ठेचो डोजोले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेका छन् ।

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगितामा नरहरिपुर डोजो दोश्रो भएका छन् । नरहरिपुरले ४ स्वर्ण, ४ रजत र ३ कांस्य हात पारे । तेश्रो स्थानमा नगदेश डोजोले ४ स्वर्ण, ४ रजत र २ कांस्य हासिल गरेका छन् ।

पाटन दरबार स्क्वायरमा भएको प्रतियोगिताको पुरुष तर्फ आयोजक प्रयागपोखरी डोजोका मोहन माझी तथा महिलामा भक्तपुर नगरपालिककी सुयोगी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा थिमी डोजोका आयुश लामा तथा महिलामा बंगलामुखी डोजोकी अन्ना तामाङ उदीयमान खेलाडी चुनिए ।

विजेता खेलाडीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ निर्वाचन निर्देशन समिति संयोजक मा. मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिका वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुरस्कार वितरण समारोहमा सहिद परिवारजन, जनआन्दोलनकन अगुवा सुद्दाकार मुल्मी , राष्ट्रिय खेलकुद परिषदका पूर्व सचिवालय सदस्य पुरेन्द्र बिक्रम लाखे,नेपाल लोकतान्त्रिक खेलकुद संघका सहप्रवक्ता राजु ताम्राकार, वरिष्ठ कराँते प्रशिक्षक निवास गोपाल वैद्य लगायतको उपस्थिति रहेको थियो।

दुईदिने प्रतियोगितामा ५ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रयागपोखरीका प्रशिक्षक विकास महर्जनले जनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖