धनकुटाको चौबिसेमा सुरु भयो रास्ट्रपति रनिङ शिल्ड (फोटो फिचर)

देव याखा/धनकुटा । धनकुटाकाे चाैबिसे गाउँपालिका स्थित राजारानीमा आजवाट १५ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु भएकाे छ ।

गाउँपालिकाकाे व्यवस्थापनमा जिल्ला खेलकुद विकास समितिले पुण्य माध्यमिक विद्यालयकाे खेल मैदानमा प्रतियाेगिता आयाेजना गरेकाे हाे ।

प्रतियोगिताको पूर्व खानेपानी मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बेलुन उडाएर प्रतियाेगिता उद्घाटन गर्नुभएको थियो ।

प्रतियाेगिता उद्घाटन गर्दै सांसद राईले शारिरिक स्वास्थ्य र मानसिक स्वास्थ्यको लागि खेलकुद अपरिहाॠ रहेको बताउनु भयो ।

चाैबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले प्रतियोगिता सफलताको सुभकामना दिनुभयो ।

दुई दिनसम्म चल्ने प्रतियाेगितामा जिल्लाका सात वटै पालिकावाट करिव पाँच सय खेलाडि सहभागी रहेको खेलकुद विकास समितिका अध्यक्ष मनाेज राईलाईले जानकारी दिनुभयो ।

प्रतियाेगितामा ६६ स्वर्ण, ६६ रजत र १३८ कास्य पदकका लागि विद्यार्थीहरुबीच प्रतिष्पर्धा हुने आयाेजकले जनाएकाे छ । (प्रशिक्षार्थी पत्रकार )

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।