मिल्स कप क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर । विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगर जुट मिल खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईआरसीसीले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।
विजेता वाईआरसीसीले नगद २ लाख १ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता पटनाले १ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । यसअघि तेस्रो संस्करणको प्रतियोगितामा पनि वाईआरसीसीले विराटनगरकै होराइजन क्रिकेट क्लबलाई हराएर उपाधि जितेको थियो ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पटनाको टिम १६.३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो । पटनाका लागि सुदर्शन कुमारले सर्वाधिक ४६ रन बनाए । उनले ३२ बलको सामना गरेका थिए । त्यस्तै, पुरुषोत्तम कुमारले ६ बलमा १६ र नन्द किशोरले १६ बलमा ११ रन बनाए । टिमका अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न सकेनन् ।

वाईआरसीसीका बलरहरू हेमन्त धामी र राम नरेश गिरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए । हेमन्तले ४ ओभरमा ३२ रन खर्चिए भने रामले ३.३ ओभरमा १३ रन दिएर तीन विकेट हात पारे ।

१०२ रनको सामान्य लक्ष्य पछ्याएको वाईआरसीसीले मात्र ८ ओभरमा २ विकेट गुमाएर विजय हासिल ग¥यो । विजयमा टिमका स्टार ब्याट्सम्यान इमरान शेखले निर्णायक भूमिका निभाए । उनले ३२ बलमा ७२ रनको विस्फोटक अविजित पारी खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । उत्कृष्ट प्रदर्शनका लागि इमरान ’प्लेयर अफ द म्याच’ घोषित भए र नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, वाईआरसीसीका शुभ कंसकारले ७ बलमा १२ र लोकेस बलले ८ बलमा १६ रनको योगदान दिए । पटनाका बलरहरू रेहान दास गुप्ता र नन्द किशोरले समान १–१ विकेट लिए । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा सम्पन्न यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कुल १२ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको वाइआरसीसीका नरेश गिरी उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद २५ हजार रुपैयाा पाए । बेस्ट बलरमा होराइजनका दिपेश कडेल र बेस्ट ब्यटरमा पटनका कुमार श्रेय भए । उनीहरुले जनही नगद १५ हजार पाए ।

विजता हुने खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि क्रिकेट संघ नेपालको उपाध्यक्ष रोशन सिंहले पुरस्कार वितरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖