काश्मिरमा नेपाली सहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्विर सार्बजनिक

काठमाडाैं, १० बैशाख । मंगलबार दिउँसो आतंकवादीहरूको एक समुहले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूलाई आक्रमण गरेका थिए ।

 

जसमा तीन विदेशी पर्यटकहरू सहित २७ जनाको मृत्यु भएको थियो भने २० जना बढी घाइते भएका थिए ।

 

भारतीय मिडियाका अनुसार कश्मीरमा आतंकवादको नयाँ पर्याय बनेको लश्कर ए तैयबाको हिट स्क्वाड रेजिस्टेन्स फ्रन्टले सो आक्रमणको जिम्मेवारी लिएको छ।

पर्यटकीय नगरीमा भएको सो आतंकवादी हमलापछि भारतीय सरकारले आतंकवाद बिरूद्द एकजुट भएर सामाना गर्ने जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो भ्रमण छोटाएर एकदिन अगावै साउदी अरबबाट भारत फर्केका छन् ।

सो घटना लगत्तै केन्द्रीय गृहमन्त्री अमित शाहले आज पहलगाम पुगेर घटनास्थलको निरीक्षण गरेका थिए । प्रधानमन्त्री मोदी पनिआज जम्मू कश्मीर जाने सम्भावना रहेको जनाइएको  छ।

 

सो आतंकवादी हमलामा नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका  सुदिप न्यौपानेको पनि ज्यान गएको छ । उनी आमा र बहिनीको साथमा काश्मिर घुम्न गएका थिए ।

 

सो घटनाका बारेमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाले निन्दा गरेका छन भने प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गरेर दुःख ब्यक्त गरेका छन । र, साथ साथै ओलीले आतंकबादको बिरूद्दमा भारतका साथ रहेको पनि प्रतिबद्दतासमेत जनाएका छन् ।

 

यसैबिच, भारतीय मिडिया दैनिक जागरणले सो हमलामा संलग्नहरूको तस्विर सार्बजनिक गरेको छ । तर, नाम भने अझै खुलाइएको छैन ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।