भिड माथी कार कुदाइयो, हालसम्म ८ जनाको मृत्यु

टोरोन्टो, १४ बैशाख । शनिबार राति भ्यानकुभरमा एक सांस्कृतिक कार्यक्रमको क्रममा ठूलो दुर्घटना भएको छ । 

 

तीव्र गतिमा रहेको कार भीडमा ठोक्काएकोले धेरैको ज्यान गएको र धेरै घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यो घटना इस्ट ४१ औं एभिन्यू र फ्रेजर स्ट्रिट नजिक राती ८ बजे भएको थियो । ‘लापु लापु डे’ नामको फिलिपिनो सांस्कृतिक महोत्सव चलिरहेको थियो, जसमा हजारौं मानिसको सहभागिता थियो ।

 

प्रत्यक्षदर्शीका अनुसार कालो अडीको एसयूभी तीव्र गतिमा भीडमा अचानक प्रवेश गरेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार यस दुर्घटनामा एक बालक सहित कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

 

६ जनाभन्दा बढी गम्भीर घाइते भएका छन् र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले घटनास्थलबाट ३० वर्षीय स्थानीय व्यक्तिलाई पक्राउ गरेको छ ।

 

उनले नियतवश यस्तो गरेको हो वा अरु कारण थियो भन्ने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेको छ । भ्यानकुभरका मेयर केन सिम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

यो घटनाले फिलिपिनो समुदाय र भ्यानकुभर सहरको लागि गहिरो आघात हो।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖