धर्मराज हिन्दु सेनाले सिरहामा गरयो पाकिस्तानबिरूद्द प्रदर्शन

सिरहा, १९ बैशाख । भारतको पहलगाममा भएको जघन्य आतंकवादी हमलामा नेपाली युवा सुदीप नेयौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा बिरोध प्रदर्शन गरिएको छ।
 
पाकिस्तानप्रति विरोधको स्वर उचाल्दै धर्मराज हिन्दु सेनाले प्रदर्शन आयोजना गरेपछि गोलबजार तनावपूर्ण बनेको थियो।

बुधबार आयोजित विरोध प्रदर्शनमा ५०० भन्दा धेरै स्थानीयको उपस्थिति रहेको थियो। प्रदर्शनको अगुवाइ कृष्ण गुंरागाईं (हनि सिंह) ले गर्दै पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुतला जलाएर आक्रोश पोखेका थिए । 
 
‘आतंकको आडमा मित्रता स्वीकार्य छैन,’ भन्दै प्रदर्शनकारीहरूले पाकिस्तानी विरोधी नारासमेत लगाएका थिए।
 
प्रदर्शनमा अर्को विवादास्पद एजेन्डाको पनि बिरोध भएको छ। नेकपा एमालेबाट निर्वाचित गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले अघि सारेको ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ निर्माण योजनाको पनि उनीहरूले बिरोध गरेका छन। 
 
स्थानीयवासीहरूले यस्तो योजना राष्ट्रहितविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूको भनाइ थियो, “जहाँ पाकिस्तानबाट आतंक फैलिन्छ, त्यहाँ मित्रता होइन, प्रतिकार चाहिन्छ।”
 
पहलगाममा पाकिस्तानीको संलग्नतामा भएको हमलामा २८ जना निर्दोष पर्यटकको ज्यान बताउँदै आइएको छ । तीमध्ये बुटवलका सुदीप न्यौपाने नामक नेपाली युवाको मृत्युले देशभरि समवेदना र आक्रोशको लहर उठाइरहेको बेला यो प्रदर्शन भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।