एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

रौतहट ,१९ बैशाख। जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी एसपी नेत्रमणि गिरीले औपचारिक रूपमा सम्भालेका छन्। 

 

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ६५९६ को गत १५ गतेको पत्र आदेशानुसार एसपी गिरी रौतहट प्रहरी प्रमुखको जिम्मेवारी सम्भालेका हुन्।

 

जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी गिरीको जिल्ला प्रहरी  प्रवक्ता डिएसपी दीपक कुमार राय लगायत प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए। 

 

तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको सरुवा भएपछि उनकै स्थानमा  एसपी गिरी आएका हुन्। 

 

बिना घुमुवाको १३ महीने कार्यकाल पूरा गरी एसपी घिमिरे दुई दिन अघी त्यहाँबाट रवाना भएका थिए। शून्य सहनशीलताको नीति लिएर कार्यकाल पूरा गरेका एसपी घिमिरेको बिदाई समारोहमा सैयौं नागरिकले भव्यरुपमा सम्मान गर्दै उनको खुलेरै सराहना गरेका थिए। 

एसपी गिरी पनी घिमिरे सरह शून्य सहनशीलताको नीति सहित काम गर्ने जिल्ला बासीले बिश्वास लिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।