२२५ किलो गाँजा लोड ट्याक्टरसहित ४ जना पक्राउ

बारा, २१ बैशाख। बारा आदर्श कोतवाल गाउँपालिका स्थित प्रहरी गस्ती टोलीले २२५ किलो लागुऔषध गाँजा लोड ट्याक्टर सहीत ४ जनालाई पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा ट्याक्टर चालक आदर्शकोतवाल–३ बाँतरा बस्ने बर्ष ३० को नन्दकिशोर मुखिया बिन गाँजा तस्करहरु हेटौडा नगरपालिका ४  बस्ने बर्ष २१ को कमान प्रजा, मकवानपुर  कैलास गाउँपालिका-४ देवतिस बस्ने  बर्ष २४ को सिताराम प्रजा, मकवानपुर बकैया गाउँपालिका ५ छतिवन बस्ने बर्ष २२ को नवराज मगर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्।
 
आदर्श कोतवाल– ३ बाँतरा गाउँ छेउ खेतमा पार्किङ गरि राखेको प्र.२.०३.००१ त ४८७६ नम्बर को ट्याक्टरको ढाला मुनि फल्स बटन बनाई गाँजा लुकाई छिपाई राखिएको छ भन्ने  प्रहरीलाई गोप्य सुचना  प्राप्त भएको थियो। 
 
लगत्तै शुक्रवार साँझ ईलाका प्रहरी कार्यालय बारागढी  बाट इन्स्पेक्टर कुसुम नायकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ट्याक्टरको ढालामुनि फल्स बटन बनाइएको ठाउँमा प्लास्टिकले बेरिएको गाँजा १५ वटा काटुनमा २ सय २५ किलोग्राम बरामद गरेको थियो।

गाँजा र ट्याक्टरसहित चालक नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिई  सोधपुछ गर्दै जाँदा थप ३ जनाको संलग्नता रहेको देखिएको थियो। प्रहरीले कोल्हवी बजारस्थितमा रोज उड होटलको कोठा नम्बर ३०३ मा छापामारी गाँजा तस्करीमा संलग्न तीनैजनालाई पक्राउ गरेको हो ।
 
बरामद गाँजा, ट्याक्टर सहित चारैजनालाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको तथा थपअनुसन्धान भईरहेको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीले सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको जानकारहरुले बताएका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖