सर्लाही कांग्रेस सभापतिको बिधालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगाए ‘डाँका मुद्दा’

सर्लाही, २१ बैशाख । बिधालय क्षेत्रमा अबैध क्रसर चलाएको बिषयमा आवाज उठाए पछि नेपाली कांग्रेसका सभापति सुरेन्द्रप्रसाद सिंहले झुटा मुद्दा लगाएर ६ जनालाइ फसाउन खोजेका छन् ।
 
सर्लाहीको बसबरिया गाउँपालिका-५ कोठियार नजिकको प्राथमिक बिधालयमा अबैध रूपमा सञ्चालन भएको क्रसर हटाउनु पर्ने माग गर्ने ६ जना माथी झुटा मुद्दा लगाएर फसाउन खाेजेकाे पीडितहरूले जनाएका छन् ।
 
बिधालय र मन्दिर नजिक रहेकाे सभापति सिंहको क्रसरमा हुल इज्जत गरेको भन्दै उनका भाई बीरेन्द्रप्रसाद सिहले उक्त मुद्दा हालेको पीडित दिपेश यादवले जानकारी दिए । ‘स्कुल र मन्दिर नजिकै सुरेन्द्रप्रसाद सिंह र उनकाे परिवारको क्रसर छ, जसको धुलो उडेर स्कुलमा पस्दा पढने बातावरण छैन्, बालबालिकाहरू बिरामी भएका छन भने कतिपयले अन्यत्र गाउँमा लगेर पढाउनु परेको छ,’ यादवले न्युज कारखानासँग भने, ‘जसको हामीले बिरोध गरेका थियौं, त्यसपछि हामीलाइ सभापति आफै रड लिएर हान्न आउनु भएको थियो, अहिले त झुटा मुद्दा लगाइदिनु भएछ ।’ 
 
उनका अनुसार गत बैशाख १० गते सभापति सिंह आफै रड बोकेर स्थानिय गाउँले माथी जाइ लागे पछि बिरोध गरिएको थियो । झडपको स्थिति भए पछि सभापति सो ठाउँवाट भागेर हिडेका थिए । ‘तर, पछि पावर देखाउँदै हामी माथी झुटा मुद्दा लगाउनु भयो’ उनले भने ।
 
उनका अनुसार स्थानिय बरहथवा प्रहरीमा सभापति सिंहले ‘डाँका मुद्दा’ हालेका छन । जसअनुसार सो मुद्दा खेप्नेमा स्थानिय दिपेश यादव, मदन साह, राम आधार यादब, राम प्रबेश यादव, बिजय गुप्ता र ज्ञानी यादव रहेका छन् ।  
 
उनका अनुसार पुर्व मन्त्री बीरेन्द्र सिंह र सभापति सिंहको क्रसर प्राथमिक बिधालय भन्दा ३०–३५ मिटरको दुरीमा छ र नजिकै माईको पनि मन्दिर रहेको छ। जुन ठाउँवाट क्रसर सार्न स्थानिय माग गरे पनि सिंहले ‘पावर देखाउँदै’ अन्यत्र नसारी जबर्जस्ती चलाइरहेकाे स्थानियकाे अाराेप रहेकाे छ।   
 
साे घटना पछि उनकाे बिराेध गर्ने स्थानिय ६ जनालाइ इलाका प्रहरी कार्यालय, बरहथवामा बैशाख १२ गते उनले सो मुद्दा हालेको र पक्राउ पुर्जी जारी गरिसकेको छ। तर, उनीहरू भागेर हिडिरहेका छन् ।
 
त्यसाे त, बरहथवाका तत्कालिन डिएसपी गौतम थापाले माथीवाट आफु माथी दबाब आए पछि मुद्दा दर्ता र पक्राउ पुर्जी जारि गरिएको जानकारी छाडेर सरूवा भइसकेको पीडितहरूको भनाइ छ । गृह मन्त्रीको दबाब पछि आफुले सो मुद्दा दर्ता गर्नु परेको पीडितहरूलाई डिएसपी गाैतमले सुचना छाडेर हिडेका छन । उनकाे यही बेला सरूवा भएकाे छ। 
 
उता, प्रहरी निरिक्षक राजन पट्टेलले सभापति सिंहका परिवारले मुद्दा दर्ता गरेको स्विकार गरेका छन् । ‘क्रसरको बिषयमा झडप भएको रहेछ, मुद्दा परेको छ, हामी अनुसन्धान गर्दैछौं,’ उनले भने ।
 
यसबारेमा जानकारी लिन खोज्दा सभापति सिंहसँग भने सम्पर्क हुन सकेन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।